आइपिएलको दोस्रो क्वालिफायरमा आज चेन्नई र दिल्ली भिड्दै

२७ बैशाख,हेटौंडा । आइपिएल अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुदै छ । दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच हुदै छ । विकासपटनममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुदै छ । पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएको चेन्नई र इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली दोस्रो क्वालिफायर खेल्दै छ ।

यस सिजनमा चेन्नई र दिल्लीबीच खेलिएका दुवै खेल चेन्नईले जितेको थियो । चेन्नईको ब्याटिंग लाइनअपमा केहि समस्या देखिएको छ भने बलिङ तर्फ चेन्नईका बलरले यस सिजनमा सबै भन्दा धेरै ५६ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन् । बुढा खेलाडी भनेर आलोचना भएको चेन्नईका खेलाडीहरुले ब्याटिंगमा संघर्ष गरे पनि कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट फर्मले यँहासम्म आएको देखिन्छ । तर चेन्नईको चिन्ताको विषय कहाँ छ भने पछिल्ला ६ खेलमा ४ खेलमा हार बेहोरेकोले जितको लयमा नदेखिनु रहेको छ । त्यस्तै युवा खेलाडीले भरिएको दिल्ली यस सिजनमा आत्मविश्वासी देखिएको छ । पहिलो पटक कवालिफायर खेलेको दिल्लीलाई युवा खेलाडीहरुले राम्रो प्रदर्शन गर्दै यँहासम्म ल्याएका छन् । पछिल्लो इलिमिनेटरको खेलमा पृथ्वी शा र रिषव पन्तले सहि समयमा उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीलाई जित दिलाएका थिए ।

खेलाडीको प्रदर्शनको चर्चा गर्दा चेन्नईका लागि धोनीले सर्वाधिक ४०५ रन बनाएका छन् भने सुरेश रैनाले ३६४ रन बनाएका छन् । त्यस्तै दिल्लीक लागि शिखर धवनले ५०३ रन बनाएका छन् भने श्रेयस अय्यर र रिषव पन्तले समान ४५०-४५० रन बनाएका छन् । त्यस्तै बलिङतर्फ भने चेन्नईका इमरान ताहिरले २३ विकेट लिएका छन् भने दिपक चहरले १७ र हरभजन सिंहले १४ विकेट लिएका छन् । त्यस्तै दिल्लीका बलर कागीसो रबाड़ाले २५ विकेट लिए पनि उनी यस खेलमा खेल्ने छैनन् भने क्रिस मोरिसले १३ इशान्त शर्माले १२ र अमित मिश्राले १० विकेट लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*