हेटौँडा अस्पतालमा ५ सय १४ जनाले गराए स्वास्थ्य परिक्षण
२७ बैशाख, २०७६ । प्रदेश ३ मा सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत हेटौँडा अस्पतालमा ५ सय १४ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । नसर्ने रोगको जोखिम न्यूनिकरण गर्नको लागि मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु भएको थियो । मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम बिषेसगरी विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिनको लागि सुरु गरीएको हो ।
कार्यक्रममा स्वास्थ्य परिक्षण गराउन महीलाको सहभागीता उल्लेख्य रहेको छ । मुख्यमन्त्री स्वास्थ्य परिक्षण हेटौँडा अस्पतालका संयोजक सिनीयर अहेब अनन्त बास्कोटाले कार्यक्रममा चैत १७ गतेदेखी बैशाख २२ गतेसम्म ३५९ जना महीला र १५५ जना पुरुषले स्वास्थय परिक्षण गराएको जानकारी दीनुभयो ।
सबैभन्दा धेरै हेटौँडा उपमहानगरापलीका १७ बाट सबैभन्दा बढी ७२ जनाले स्वास्थ्य परिक्षण गराएको बास्कोटाले जानकारी दीनुभयो । ३ नं प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाइ नौ वटा योजना मध्य एक नमुना कार्यक्रमको रुपमा शुरु गरेको हो ।