नेपाल भारत सीमा नाका बन्द गरियो
हेटौंडा,२८ बैशाख । मित्र राष्ट्र भारतको विहार अन्तर्गत बाल्मिकि नगर र पश्चिम चम्पारणमा चुनाव भएको कारण बारा, पर्सा, रौतहट र नवलपरासी जिल्लाहरुको नेपाल भारत सीमा नाकामा आवागमन गर्न रोक लगाइएको छ ।
उक्त जिल्लाको नेपाल भारत सीमा नाकामा बैशाख २७ गते आज देखि २९ गते आईतबार सम्म आवागमन नर्गन जिल्ला प्रशासन कार्यालय पर्सा बिरगंजले एक सुचना जारि गर्दै रोक लगाएको हो । सुचाना अनुसार ४८ घण्टा उक्त जिल्लाका सीमा नाका पूर्ण रुपले बन्द हुने छ ।