अन्तराष्ट्रिय नर्सिङ्ग दिवस हेटौंडामा पनि मनाइयो

बिरामीका लागि रगत दान गरेर यो दिवश मनाएका हुन्

२९ बैशाख, हेटौंडा ।  आज अन्तराष्ट्रिय नर्सिङ्ग दिवस । मकवानपुरमा पनि बिभीन्न कार्यक्रम गरेर मनाइएको छ । हेटौंडामा ¥याली, सभा र रक्तदान गरेर कार्यक्रम मनाइएको हो । नेपाल नर्सिङ्ग संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा नर्सिङ पेसामा आबद्ध महिलाहरुले आज रगत समेत दान गरेर यो कार्यक्रम मनाएका छन् ।

कार्यक्रमको उद्घाट्न गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नर्षहरु बिरामीको सेवामा अझै उत्प्रेरीत भएर लाग्नका लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो । नगरका हरेक क्षेत्रमा स्वास्थ्य शिवीर कार्यक्रम गरेर नर्षहरुले बिरामीको सेवा गरेकोमा धन्यवाद समेत ब्यक्त गर्नुभयो । नर्षहरुको संस्थागत बिकाशका लागि आफुलागि पर्ने मेयर महतले बताउनुभयो ।

सधै बिरामीको सेवामा लागिरहने मकवानपुरका नर्षहरुले नर्सिङ दिवशका अबसरमा पनि बिरामीका लागि रगत दान गरेर यो दिवश मनाएका हुन् । औपचारिक कार्यक्रम सुरु हुनु अगाडी हेटौंडा अस्पतालबाट निकालीएको ¥यालीले बजार परिक्रमा गरेर बुद्धचोकमा आएर सभामा परिणत भएको संस्थाका सचिब निर्मला ब्लोनले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*