हेटौंडाको विकट क्षेत्र नकौलीमा स्वास्थ्यचौकि निर्माणको काम सुरु
२९ बैशाख ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ नकौली, घ्याङसिङटारको बिचमा पर्ने सन्चमायाँको डाँडामा स्वास्थ्यचौकि निर्माणको काम सुरु भएको छ । नगरक्षेत्रमा भएपनि स्वास्थ्य सेवा लिनका लागि पैदल हिडेर हेटौंडा अस्पताल सम्म आउनुपर्ने बाध्यतालाई मध्यनजर गरेर स्वास्थ्यचौकि निर्माण गर्न लागिएको हो ।
हेटौंडा उपमहानगरपालिकाको ४८ लाख रुपैयाँ र स्थानीय उपभोक्ताको १२ लाख रुपैयाँ गरी ६० लाख रुपैयाँ लागतमा स्वास्थ्यचौकि निर्माण गर्न लागिएको हो । स्वास्थ्य चौकि भवन सिलान्याश कार्यक्रमका प्रमुख अतिथी तथा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उप मेयर मिना लामा, हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेले संयुक्त रुपमा सिलान्याश गर्नुभयो । मेयर महतले स्वास्थ्य शिक्षा, सडकलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । पछी थपएिका वडाका नागरिकलाई स्वास्थ्य उपचार गर्नका लागि समेत समस्या नहोस भन्ने उदेस्यले स्वास्थ्यचौकी निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । केही महिना भित्रमानै स्वास्थयचौकि भवन निर्माण गरिसक्ने तयारीका साथ काम अगाडि बढेको छ ।
स्वास्थयचौकि समेत यस क्षेत्रमा नहुँदा सामान्य चोटपट, ज्वरो आउँदा समेत तीन घण्टाको पैदल हिडेर अस्पताल सम्म आउनुपर्ने बाध्यता थियो । अब यो समस्या हट्ने बताइएको छ ।