आईपीएलको फाइनलमा आज चेन्नई र मुम्बई भिड्दै

चौथोपटक उपाधि जित्ने दाउमा दुवै टोली

२९ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लीग (आईपीएल)को फाइनल खेल आइतवार राति हैदराबादको राजीव गान्धी स्टेडियममा हुन लागेको छ । १२ औं सीजनको फाइनलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सका बीच प्रतिस्पर्धा हुनेछ । चेन्नई आठौंपटक फाइनलमा पुगेको हो भने मुम्बई चौथोपटक । यसक्रममा दुवैले तीन तीनपटक उपाधि जितेका छन् । चौथोपटक उपाधि जित्ने दाउमा दुवै टोली हुनेछन् ।

यसपालि दुवै टीमको प्रदर्शन हेर्दा फाइनल यसैले जित्छ भनी भविष्यवाणी गर्नु गलत हुन जानेछ । यस सीजनमा दुवै टीमको एकआपसमा भएको भिडन्तमा मुम्बईले जितेको छ । मुम्बईले चेन्नईलाई तीनचोटि हराइसकेको छ । टी२० क्रिकेटमा अलराउन्डरको भूमिका महत्त्वपूर्ण हुन्छ । यसरी हेर्दा चाहिँ मुम्बईको स्थिति बलियो देखिन्छ । पाण्ड्या दाजुभाइसँगै काइरोज पोलार्डले अलराउन्ड प्रदर्शन गरेर म्याचलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्छन् । हार्दिक पाण्ड्याले ३८६ रन बनाएका छन् भने १४ विकेट लिएका छन् भने क्रुणाल पाण्ड्याले १७६ रन बनाएर ११ विकेट हात पारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*