३ नंबर प्रदेशको वर्षे अधिवेशन आजबाट सुरु
३० बैशाख,हेटौाडा। ३ नंबर प्रदेशको वर्षे अधिवेशन आजबाट सुरु हुने भएको छ । तर प्रदेशको राजधानी र नामाकरणको लागि सरकारले कुनै पहल नगरेको भन्दै अधिवेशनको सुरुवातमानै नेपाली कांग्रेसले सांसद अवरुद्ध गर्ने शंकेत दिएको छ । दवावको लागि आज सांसद अबरुद्ध हुने शंकेत कांग्रेसले दिएको हो । नेकपाकै सांसदहरुको अलमलको कारण प्रदेशसभाले राजधनी टुंगो लगाउन नससेको भन्दै नेतृत्व लिनको लागि पहल गर्न सांसद अबरुद्ध गर्न लागेको नेपाली कांग्रेसका एकजना सांसदले बताए । आजै हामी संसदीय दलमा बसेर बैठकको विषयमा निर्णय लिने तयारीमा छौ उनले भने ।
आजपनि राजधानी तथा नामाकरणको विषयले प्रदेशसभामा प्रवेश नपाउनेगरि हिजोनै निर्णय भैसकेको छ । हिजो बसेको कार्य ब्यवस्था तथा परामर्श समितिको बैठकले आज आठ वटा विषयलाई मात्र सांसदमा बैठकमा प्रवेश गराउने निर्णय गरिसकेको सभामुख सानुकुमार श्रेष्ठले बताए ।