सञ्चारमन्त्री बाँस्कोटाद्धारा हेटौंडाको डाटा सेन्टरको उद्घाटन हुदै
३१ बैशाख,हेटौंडा । हेटौँडाको हुप्रचौरमा स्थापना गरिएको डाटा सेन्टरको आज दिउसो उद्घाटन गरिदै छ । काठमाण्डौको सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रूपमा डाटा सेन्टर निर्माण भएर परिक्षणका रुपमा काम सुरु गरिएको थियो । आज दिउसो सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले डाटा सेन्टरको उद्घाटनको कार्यक्रम तय भएको छ ।
यहाँको सेन्टरमा सिंहदरबारको डाटा राखेर परिक्षण समेत गरिसकिएको छ । अहिले चार जना कर्मचारीले काम पनि सुरु गरिसकेका छन् । कोरिया अन्तर्रा्िष्ट्रय सहयोग नियोग (कोइका)को ३७ करोड रुपैयाँ लागतमा ठेक्का मार्फत सेन्टर निर्माणको काम सकिएको हो । अहिले चार जना मात्र कर्मचारी कार्यरत भएपनि १९ जना कम्युटर इन्जिनियर लगायतका प्राबिधिक कर्मचारी छनौटको काम सकिएको र केहीदिनमा काम छनौट भएका कर्मचारीले काम सुरु गर्ने राष्ट्रिय सूचना प्रबिधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले बताउनुभयो ।