पत्रकारलाई बन्देज लगाउने कानुन निर्माण भएको भन्दै मकवानपुरमा अन्तरक्रिया
हेटौंडा, १ जेठ । नेपाल पत्रकार महासंघ मकवानपुरले मिडिया काउन्सील विधेयकको विरोधमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै सरकारले पत्रकारलाई बन्देज लगाउने कानुन निर्माण गर्न खोज्नु लोकतन्त्रमाथिको प्रहार भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पत्रकार महासंघ प्रदेश नंबर ३ का अध्यक्ष प्रताप विष्टले बताए । पत्रकारहरुलाई सरकारले अंकुश लगाउन नहुने पनि उनले बताए ।
सञ्चार क्षेत्रमा भएका नाराम्रो कुराहरुलाई निस्तेज गर्ने नाउँमा सबै पत्रकारलाई असर पार्नेखालको काम गर्न नहुने उनको तर्क थियो । नराम्रो काम गर्नेहरु कानुनी दायरामा आउनुपर्ने र यसलाई पत्रकारहरुको सस्थाले समेत सहयोग गर्ने विष्टले बताए ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुँमगाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्षहरु, कार्यसमिति सदस्य तथा पत्रकारहरुको सहभागिता रहेको थियो । यसैगरि आजै सोहि विषयमा प्रेस युनियन मकवानपुरले पनि अन्र्तक्रिया गरेको छ ।