हातमा कालोपट्टी बाधेर काम गर्दै मकवानपुरका सञ्चारकर्मी

१ जेष्ठ , हेटौंडा । मकवानपुरका सञ्चारकर्मीहरुले आज आफ्ना कार्यक्षेत्रमा कालोपट्टी बाधेर काम गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको आवहानमा मकवानपुरका बिभीन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीहरुले कार्यक्षेत्रमा कालोपट्टी बाधेर काम गरेका हुन् । मिडिया काउन्सिल गठन गर्न सरकारले दर्ता गराएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुंठित गर्ने प्रावधानहरु राखिएका कारण कालो पट्टी बाधेर काम गर्न बाध्य भएको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताउनुभयो । आज देशैभरीका पत्रकारहरु कार्यक्षेत्रमा कालो पट्टी बाधेर बिधयकको बिरोध जनाउँदे काम गरेका छन् । त्यही क्रममा मकवानपुरका रेडियो, अनलाईन, पत्रिका र टेलिभिजनमा कार्यरत संचारकर्मीहरुले हातमा कालोपट्टी बाधेर काम गरेको अध्यक्ष हुमागाईले बताउनुभयो ।

काउन्सिलको स्वायत्तता समेत नरहने गरि सरकार नियन्त्रित अंगका रुपमा गठन गरिने काउन्सिलले सञ्चार क्षेत्रको पुनर्संचनाको आवश्यक्तालाई सम्बोधन गर्दैन । पत्रकार आचासंहिता उल्लङ्घन भएमा २५ हजार देखि १० लाखसम्म जरिवाना तथा जति पनि क्षतिपुर्ति गराउने कठोर आर्थिक दण्डले प्रेस स्वतन्त्रतालाई गम्भीर आघात पार्ने महासंघको ठहर छ । मिडिया काउन्सिल विधेयकका साथै सञ्चार सम्बन्धी सबै कानुनहरु महासंघ सहित सबै सरोकारवालाहरुसंग छलफल गरेर मात्रै ल्याउनका लागि अध्यक्ष हुमागाईले माग गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*