स्टाटस लेख्नेलाई मुद्धा हाल्ने तयारीमा हेटौंडा उपमहानगरपालिका
५ जेठ,हेटौँडा ।
हेटौँडा उपमहानगरपालिकाको नाम प्रयोग गरेर जथाभावी स्टाटस राख्ने विरुद्ध हेटौँडा उपमहानगरपालिकाले साईबर क्राईम अन्र्तगत मुद्धा दर्ता गर्ने तयारी गरेको छ ।
सामजिक सञ्जालमा रवि लामिछानेको विवहा सम्वन्धमा स्टाटस आएपछि उपमहानगरपालिकाले यस्तो तयारी गरेको हो । शनिबार मध्यान्न १२ बजे हेटौँडा उपमहानगरपालिकाको नाम प्रयोग भएको फेसबुक पेजबाट रवि लामिछानेको विषयमा स्टाटस पोष्ट भएपछि मकवानपुरका सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो ।
उक्त स्टाटस आएपछि उपमहानगरपालिकाले ति काम गर्ने ब्यक्तिको पहिचान गरि कारबाहीको लागि माग गर्दै साईबर क्राईम अन्र्तगत मुद्धा दर्ता गर्ने तयारी गरिएको हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकृत भानुभक्त थपलियाले बताए । यो विषयमा जानकारी दिदै उनले हेटौँडा उपमहानगरपालिका नाम भएको सबै आईडी बन्द गर्ने प्रक्रिया थालनि गरिने उनले बताए । साथै उपमहानगरपालिकाले उक्त आईडी आफुहरुको नभएको समेत जानकारी दिएका छन ।