अनेरास्ववियूको संयोजक ऐन महरबाट बधाइ तथा कडा कारबाही को माग
८ जेठ, हेटौंडा । एमाले निकट भातृ संगठन अनेरास्ववियु र माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारी को एकता टुंगो लागेको छ । संयोजक मा पुर्व अनेरास्ववियु को महासचिव ऐन महर संयोजक हुनु भएको छ भने पुर्व अखिल क्रान्तिकारी को अध्यक्ष रन्जित तामाङ सहसंयोजक बन्नु भएको छ । यसै विषय लाई लिएर बिबाद देखिन्छ कि भन्ने आशंका भने हटेको छ , आज बिहान झापामा प्रत्रकार सम्मेलन गरेर निवर्तमान अखिल क्रान्तिकारी को अध्यक्ष तथा वर्तमान सहसंयोजकले पाटिले गरेको निर्णय स्विकार्दै संगठन लाई बलियो बनाउनु भएको छ । यसै विषयलाई लिएर वर्तमान अनेरास्ववियूको संयोजकले बदाई तथा शुभकामना दिनु भएको छ ।
शुभकामनामा उहाले “मेरा सहयोगद्धारा कमरेड रञ्जित तामाङले पार्टी एकता र संगठनको एकतालाई बलियो बनाउन लिनु भएको निर्णयको उच्च सम्मानका साथ हार्दिक स्वागत गर्दै बधाई ज्ञापन गर्दछु ” भन्नू भएको छ । साथै उता पाँचथरमा भएको घटना को बारेमा भने कडा भन्दा कडा कारबाही को माग सरकार लाई गर्नु भएको छ । अपराधी को कुनै जात धर्म र भूगोल हुदैन, हामी आफै सजक सचेत र सुरक्षीत भएर बस्नु अपराध नियन्त्रण को एउटा महत्त्वपूर्ण पाटो हो, हिजो राति पाँचथर को मिक्लाजुङ–३ आरुबोटेमा स्थानीय धनराज शेर्मा र उहाँका ससुराली बमबहादुर फियाक को दुइ परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि विभत्स हत्या गरिएको छ भने एक बालीका भागेर बाच्न सफल भएकी छिन, यो दुस्खद र हृदय बिदारक घटनाको कडा भन्दा कडा शब्दमा घोर भत्सर्ना र निन्दा गर्दछु, दोषी लाई यथाशीघ्र पत्ता लगाइ कडाभन्दा कडा कार्वाही लागि सरकार समक्ष जोडदार माग गर्दछु, सरकार को ध्यानाकर्षण गर्न चाहान्छु, दोषी कुनै पनि हालतमा उम्किन नपाओस !!