विकास निमार्णका कार्यमा सबै क्षेत्रलाई जिम्मेवारी बनाइनुपर्ने:प्रताप विष्ट
हेटौंडा, १२ जेठ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज हेटौंडामा पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरको छ । हेटौडाको न्युज क्लब नेपालमा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नंबर ३ का अध्यक्ष प्रताप विष्टले विकास निमार्णका कार्यमा सबै क्षेत्रलाई जिम्मेवारी बनाउनुपर्नेमा जोड दिएका छन् । समाजमा आएका कुनै पनि विकास निर्माण कार्यहरुमा जवाफदेहिता बन्नु तथा बनाउनु पर्छ अध्यक्ष विष्टले भने । समाजलाई सचेतना,जिम्मेवारी तथा जवाफदेहिता बनाईएको कुनै पनि विकास निमार्णको कार्यहरु सफल हुने अध्यक्ष विष्टको भनाई थियो ।यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले विकाश निर्माणका कार्यहरुमा गुणस्तर तथा पार्दशिता भएमा कुनै पनि विकासको काम सफल हुन सक्ने बताए।
कार्यक्रममा संचारिका समूह प्रदेश नंबर ३ की अध्यक्ष सरिता दाहाल, संचारकर्मी तथा अधिबक्ता बालकृष्ण अधिकारी लगायतले आफ्ना विचारहरु राखेका थिए । कार्यक्रम इन्सेक मकवानपुरका प्रतिनिधि पुस्पराज अधिकारीले समापन गरेका थिए ।