बन्द प्रभाब : सुनसान हेटौंडा

हेटौँडा,१३ जेठ । विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा मकवानपुरको जनजीवन प्रभाबित भएको छ । बन्दका क्रममा पूर्बपस्चिम राजमार्ग, त्रिभूवनराजपथ, कान्तिलोकपथ, हेटौंडा काठमाण्डौं छोटो दुरीको मार्गमा गाडी चलेका छैनन् । हेटौंडा बजार क्षेत्रमा मोटरसाईकल, मयूरी लगायतका सवारीका साधन मात्र चलेका छन् । बन्दका क्रममा मकवानपुरका निजी तथा सरकारी बिद्यालय, क्याम्पस सबै पूर्ण रुपमा बन्द भएका छन् । हेटौंडा बजार क्षेत्रका पसलहरु बन्द भएका छन् । अरु बेलाको तुलनामा बजार क्षेत्र सुनसान रहेको छ । सडकहरुमा कुनैपनि गाडी नचलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो । हेटौंडाको बसपार्कमा केही सवारीका साधनहरु भएपनि पार्किङ गरेर राखिएको छ । हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरु आंसिक रुपमा मात्र संचालनमा आएको उहाँले बताउनुभयो ।

यसैगरी बन्दका क्रममा आज बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी गरिएको छ । त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताउनुभयो । आगजनीका कारण गाडीका सबै भाग जलेका छन् । यसैगरी बन्दको पूर्ब सन्ध्यामा आज बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखिएको थियो । बम राखेको थाहा पाउने बित्तीकै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको उहाँले बताउनुभयो । सेनाको टोलीले प्रेशसरकुकर बम डिस्पोज गर्दा ठुलो आवाज आउदा स्थानीय वासिन्दाहरु तर्सिएका थिए । बिप्लपको बन्दका क्रममा हेटौंडा बजार पुरै सुनसान बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*