मुख्यमन्त्री र कुलमानबीच भेट, चार्जिङ स्टेसनमा चासो

जेठ १३, हेटौंडा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच भेटवार्ता भएको छ। फिल्ड भिजिट गर्न हेटौँडा हुँदै भरतपुर जान लागेका कुलमानले मुख्यमन्त्री पौडेललाई भेटेका हुन्। भेटमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफैँले २०-३० मेगावाटको जलविद्युत् परियोजना बनाउन खोजेको बताए। उनले निजी सार्वजनिक साझेदारी शैलीमा उक्त परियोजना गर्न खाजेको बताए। जवाफमा कुलमानले प्रदेश सरकारले ४० देखि ५० मेगावाटसम्मको जलविद्युत् आयोजना निर्माण गर्नसक्ने भन्दै प्रदेश ३ को लिखु, तामाकोशी र त्रिशूलीमा सम्भावना रहेको बताए। पौडेलले काठको पोल विस्थापित गर्ने योजना र विद्युतीय सवारीको लागि चार्जिङ स्टेसनमा चासो देखाएका थिए। घिसिङले काठको पोल हटाउने योजना विद्युत् प्राधिकरणको पनि भएको बताएका थिए। उनले चार्जिङ स्टेसनको लागि पेट्रलियमको जस्तै बिजनेस मोडलमा जानसक्ने बताए। घिसिङले प्रदेश सरकारका सबै मन्त्रीहरूले पनि मुख्यमन्त्रीले जसरी नै विद्युतीय सवारी चढ्नुपर्ने बताएका थिए। प्रदेश सरकार र काठमाडौं महानगरपालिका सम्झौतामा साझा यातायातमार्फत चीनबाट २७ वटा विद्युतीय सवारी ल्याउने तयारी गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।

विद्युतीय सवारीको लागि चाजिङ स्टेसन नहुँदा सवारी नेपाल ल्याउन नसकेको मुख्यमन्त्री पौडेलले बताए। मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सानुटारमा निर्माण सुरु भएको ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको छ। ४ वर्षभित्रै सक्ने लक्ष्यका साथ २०६४ सालबाट निर्माण सुरु भए पनि चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ११ वर्षपछि निर्माण सकिएको हो। निर्माणको काम सक्याएर आयोजनाले केही दिनअघि मात्रै सुरुङ परीक्षण गरेको छ। कुलेखानी तेस्रोको ४।२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर सफल परीक्षण गरिएको आयोजना प्रमुख सुभाष मिश्रले जानकारी दिए। १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोले अब आगामी असारसम्ममा नियमित विद्युत् उत्पादन सुरु गर्ने मिश्रको दावी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*