ब्राजिलको जेलमा मृत फेला परे ४२ कैदी

जेठ १४, २०७६ । ब्राजिलमा एक जेलमा झडप हुँदा १५ जनाको मृत्यु भएको घटनालगत्तै विभिन्न जेलमा ४२ कैदी मृत फेला परेका छन्। एमाजोनस् राज्यको राजधानी मेनोसमा ठूलो संख्यामा कैदीहरू मृत फेला परेको अधिकारीहरुले जनाएका छन्। अक्सिजनको अभावमा श्वासप्रश्वास अवरोध हुँदा कैदीहरुको मृत्यु भएको अनुमान गरिएको छ। आइतबार जेलमा झडप भएर कैदीको मृत्यु भएपछि विभिन्न जेलमा सोमबार गरिएको निरीक्षणका क्रममा यस्तो अवस्था देखिएको हो। आइतबार १५ जनाको ज्यान जानेगरी जेलमा भएको घटनामा अन्य थुप्रै कैदी घाइते भएका छन्। कैदीहरुसँग भेटघाट गर्ने समयमा झडप भएको थियो।

सोही कारागारमा दुई वर्षअघि भएको झडपमा ५६ जनाको मृत्यु भएको थियो। उक्त घटनालाई ब्राजिलका जेलमा भएको सबैभन्दा नराम्रो घटनामध्ये एक घटनाका रुपमा लिइन्छ। ब्राजिलका जेलमा करिब ७ लाख कैदी रहेका छन्, जुन संख्या विश्कै तेस्रो हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*