प्रदेश तीनको नीति तथा कार्यक्रम प्रस्तुत

प्रदेश अनुसन्धान ब्युरो बनाईने

हेटौँडा,१४ जेठ । प्रदेश तीन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेश प्रमुख अनुराधा कोईराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले भुकम्पबाट क्षति भएको विद्यालयलाई चाँडोभन्दा चाँडो पुननिर्माण गर्नको लागि प्रदेश सरकारले ध्यान दिने बताए । विद्यालयलाई प्रविधिमैत्री बनाउनको लागि प्रदेश सरकारले योजना निर्माण गर्ने मुख्यमन्त्री पौडेलले बताए ।  यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री पौडेलले प्रदेशको सुरक्षा तथा आन्तरिक सुरक्षालाई मजवुत बनाउनको लागि प्रदेश अनुसन्धान ब्युरो बनाईने बताए । यस्तै मुख्यमन्त्री पौडेलले प्रदेश नंबर ३ मा रहेका तीनवटा महानगरपालिकामा रहेको खरको छानो भएको घरलाई विस्तापित गर्दै जस्ताको छानो हाल्ने घोषणा गरे । यस्तै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले उपभोक्ताको हितको लागि नीयमित बजार अनुमन गरिने बताएका छन् ।

नीति तथा कार्यक्रममानै बजार अनुमगनलाई महत्वको साथमा हेरिएको छ । पछिल्लो समयमा नीयमित बजार अनुमगन नहुदा उपभोक्ताहरु ठगिने कार्य भएको कुरालाई मध्यनजर गर्दै सरकारले नीति तथा कार्यक्रममानै यस्तो ब्यवस्था ल्याएको हो ।  यस्तै मुख्यमन्त्री पौडेलले प्रदेश तीनको प्रत्येक जिल्लाका एक रंगशाला तथा प्रत्येक निर्वाचन क्षेत्रमा एक कवर्डहल निर्माण गर्ने घोषँणा गरेका छन् । यसैबिच मुख्यमन्त्री डोरमणी पौडेलले विकासको योजना थप ब्यवस्थित बनाउन मुख्यमन्त्री विकास आयोजनाको अनुमन गर्न नीतिगत तथा सस्थागत संरचनाको स्थापना गर्ने र मुख्यमन्त्रीको कार्यालयमा फलोअप डेक्स निर्माण गर्ने बताए । नेपालमा निर्माण भएको योजनाहरुको समयमानै अनुमगन नहुँदा समस्या भएको भन्दै मुख्मन्त्रीको कार्यलयमानै योजना अनुगमनको लागि फलोअप डेक्स निर्माण गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*