हेटौंडामा एमनेष्टीको स्थापना दिवस मनाईयो

हेटौँडा, १४ जेठ । एम्नेस्टी इन्टरनेशनल नेपाल हेटौंडा समूह–६७ ले आज ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा ५८ औं स्थापना दिवस मनाएको छ । एम्नेस्टी इन्टरनेशनल हेटौंडा समूह–६७ का संयोजक बिजय कुमार बैधको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा गैसस ३ नम्बर प्रदेश अध्यक्ष बुद्धसरण लामा, मकवानपुर जागरण अभियानका कृष्णराज कोईराला, एम्नेस्टी इन्टरनेशनल नेपाल हेटौंडा समूह–६७ का निवर्तमान अध्यक्ष जीवनकाजी माकाजु, नारी सिप श्रृजना केन्द्रका प्रतिनिधि, बाल कल्याण समितिका प्रतिनिधि लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मकवानपुरमा एक सय जना सदस्य रहेको एम्नेस्टी इन्टरनेशनल नेपालको स्थापना २०४६ सालमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*