१४ वर्षकी बालिकाको सामूहिक बलात्कारपछि जलाएर हत्या

२०७६, जेठ १५ । भारत उत्तर प्रदेशको मुजफ्रनगरमा एक बालिकाको बलात्कारपछि जलाएर हत्या भएको छ । स्थानीय युवाले १४ वर्षकी दलित समुदायकी बालकाको बलात्कारपछि जलाएर हत्या गरेको खबर इन्डियन एक्सप्रेसमा छापिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा सातजना विरुद्ध मुद्दा दर्ता गरेको छ । उजुरी दर्ता भए पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।

पीडित बालिकाका पिताले उजुरी दिएका आधारमा आरोप पत्र दर्ता गरिएको प्रहरीले जनाएको छ । इट्टा भट्टामा काम गर्ने बालिकालाई सो इट्टा भट्टाका मालिक तथा अरु ६ जनाले बलात्कार गरेर जलाएर हत्या गरेको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*