सेञ्चुरी कमर्सियल बैंकद्वारा बाल पुर्नस्थापना केन्द्रलाई सहयोग

बाख्रा तथा कुखुरा पालनका लागि ३५ हजार रुपैया सहयोग

जेठ १५,हेटौंडा । सेञ्चुरी कमर्सियल बैंकको हेटौंडा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व खर्च अन्र्तगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधाप स्थित अनाथ अपाङ बाल पुर्नस्थापना केन्द्रमा आश्रित बालबालिकाको दैनिक जीविकोपार्जनको सहज व्यवस्थापन गर्न दिगो रुपमा सहयोग पुर्याउने उद्देश्यले बाख्रा तथा कुखुरा पालनका लागि ३५ हजार रुपैया सहयोग गरेको छ । सेञ्चुरी बैंकका क्षेत्रिय प्रबन्धक शंकर के.सीले बाल पुर्नस्थापना केन्द्रका संस्थापक अध्यक्ष रामहरी कोइरालालाई चेक हस्तान्तरण गरेका थिए । बाल पुर्नस्थापना केन्द्रमा हाल अनाथ,अशक्त,बौद्धिक अपाङ गरि ११ जना बालबालिका आश्रित छन । कार्यक्रममा समाजसेवी सुदर्शन अधिकारी, सेञ्चुरी बैंकका क्षेत्रिय प्रबन्धक शंकर के.सी, सेञ्चुरी बैंक हेटौंडा शाखाका ब्रान्च म्यानेजर सुहित शाक्य लगायत अन्य व्यक्तीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै सेञ्चुरी बैंक हेटौंडा शाखाका ब्रान्च म्यानेजर सुहित शाक्यले यसरी अनाथ बालबालिकाको लागि सहयोग गर्न पाउदा आफुलाइ खुसी लागेको बताउदै बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत आगामि दिनमा पनि यस्तै परोपकारी काम गर्ने बताए । बैकले हाल १०९ शाखा, ८ वटा एक्सटेन्सन काउटर तथा १३ वटा शाखा रहित बैकिङ गरी जम्मा १३० स्थानबाट कारोबार संञ्चालन गरिरहेको छ । बैंकले महिला तथा विपन्न बर्गको लागि व्याज अनुदानका आधारित व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा समेत बैंकको सबै शाखाबाट उपलब्ध गराइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*