बजेट भाषण लगत्तै पेट्रोलियम पदार्थको मूल्य बृद्धि

जेष्ठ १६, २०७६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज बिहान १२ बजेदेखि लागूहुनेगरी निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ। निगमले पेट्रोल,डिजेल र मट्टितेलमा लिटरमा १ रुपैयाँ ५० पैसा मूल्य बढाएको छ। योसँगै पेट्रोल लिटरुको १११ रुपैयाँ र डिजेल र मट्टितेल ९८ रुपैयाँ पुगेको छ।सरकारले बजेट भाषणबाट डिजेल र पेट्रोलमा अतिरिक्त विका शुल्क लगाउने निर्णय गरेको थियो। अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरेको केहि घण्टामा नै इन्धनको मूल्ल्य समायोजन भएको सूचना प्रकाशित गरेर आयल निगमले बजेटको कार्यान्वयन शुरु गरेको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० प्रति लिटर बढाएको छ ।डिजेल र मट्टितेमा पनि निगमले १ रुपैयाँ ५० प्रति लिटरका दरले नै मूल्य बढाएको छ।जस अनुसार काठमाडौंको थानकोट डिपोको १५ किमी परिसर सम्म अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ ५० पैसा पुगेको छ । अर्थमन्त्री खतिवडाले सडक बनाउनका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने बजेटमा घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*