हेटौंडा आउँदै रविन्द्र मिश्र
जेठ १७ ,हेटौंडा । केही महिनाअघि विवेकशील साझा पार्टी फुटेपछि नयाँ संगठन निर्माणमा लागेका साझा विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्र संगठन विस्तार गर्न हेर्टौंडा आउने भएका छन् । मकवानपुर जिल्ला पार्टीको कार्यसमिति घोषणा गर्ने कार्यक्रमको लागि जेठ १८ गते हेटौंडा आउने कार्यक्रम तय भएको साझा विवेकशील पार्टी मकवानपुरका नेता राजन मैनालीले बताए । जेठ १८ गते हेटौंडामा एक विशेष समारोहका बिच जिल्ला कार्यसमिति घोषणा कार्यक्रम राखिएको नेता मैनालीले बताए ।