काकाद्धारा गोठमा लगेर बलात्कार,बलात्कारपछि विभत्स हत्या
बझाङ । बझाङमा क्रुर घटना घटेको छ । काका नाता पर्ने पुरुषले महिलालाई गोठमा लगेर बलात्कार गरी विभत्स हत्या गरेका छन् । जिल्लाको सुर्मा गाउँपालिका वडा ४ गौखेडा बस्ने लक्की पुजाराकी करिब २५ वर्षीया श्रीमती जुना पुजाराको बलात्कार गरी हत्या भएको हो । उनका छिमेकी ससुरा नाताले काका पर्ने लोकेन्द्र पुजाराले जुनाको निर्मम हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीकाअनुसार बिहीबार बेलुका ४ बजे धारामा लुगा धोइरहेकी जुनाको धारामै पछाडीबाट हँसियाले सिधै गर्धनमा प्रहार गरेको र उनलाई गोठमा लगेर बलात्कार गरी नाङ्गै पारेर विछिप्त अवस्थामा छोडेको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय बझाङमा सम्पर्क गर्दा त्यहाँका डीएसपी सुर्यबहादुर केसीले मृतक महिलो तल्लो शरिरको लुगा नभएको बताएका छन् । तर बलात्कार नै हो भन्ने कुरा यकिन गर्न नसकिएको उनको भनाइ छ । पोस्ट मार्टम रिपोर्टपछि मात्रै बलात्कार भए न भएको एवं हत्याको कारण पत्ता लाग्ने उनले बताए । हत्या आरोपी लोकेन्द्र पुजारालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।