विप्लव पनि नेकपामा आएर जोडिनुपर्छ – प्रचण्ड
जेष्ठ १९, २०७६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक दिन नेत्रविक्रम चन्द ‘विप्लव’ पनि नेकपा(सत्तारुढ) मा आएर जोडिनुपर्ने बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले विप्लव अहिले हिँडिरहेको गन्तव्यबाट लक्ष्यमा पुग्न नसक्ने दाबी गरे । ‘एक दिन विप्लव पनि यहि आएर जोडिनुपर्छ’ प्रचण्डले भने,‘अहिले जुन गन्तव्यमा हिँडेको छ यसबाट लक्ष्यमा पुँगिदैन । यो जनता र राष्ट्रको लागि क्षति हो ।’ लामो संघर्षबाट लडेर ल्याएको गणतन्त्र र लोकन्तत्रलाई पहिला संस्थागत गर्न आवश्यक भएको प्रचण्डको भनाइ थियो । सरकारले अहिले तल्लो वर्ग, पिछडिएको वर्गलाई सम्बोधन गर्ने जमर्को गरेको प्रचण्डको भनाइ थियो । उनलाई आइतबार नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनलाई पार्टी प्रवेश गराए ।
पार्टी प्रवेश कार्यक्रममा राईले द्वन्दले राष्ट्र र जनतालाई फाइदा नपुग्ने बताउँदै राईले देश परिवर्तनका लागि अन्य विकल्पहरु खुल्ल हुँदा हुँदै द्वन्दवमा जान नहुने बताए । उनले आफू डर, त्रास, धम्की र सुरक्षित हुनका लागि नेकपामा प्रवेश नगरेको बताए । कम्युनिस्ट पार्टीको विकासमा आफू कोशेढुंगा बन्नेमा उनले विश्वास व्यक्त गरे । विवेक र वुद्धिले भ्याएसम्म नेकपालाई माथि पुर्याउने उनले प्रतिवद्धता व्यक्ति गरे । पार्टी नीतिविपरीत सञ्चारमाध्यममा बोल्दै हिँडेको भन्दै राईलाई विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाले वैशाख २४ गते पार्टीबाट निलम्बन गरेको थियो । राईले सरकारसँग अनावश्यक रुपमा वार्ताको कुरा गरेको र पार्टी विपरित गतिविधि गरेका कारण उनलाई भूमिका विहीन बनाइएको थियो ।