संसद्मा आजबाट बजेटमाथि छलफल सुरु
१९ जेष्ठ, २०७६ । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आजबाट संसद्मा छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । डा. खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट पेश गर्नुभएको थियो । बैठकमा प्रतिपक्षी दलका सांसदहरुले बजेटमा रहेका कमजोरीहरुलाई प्रमुखरुपमा उठाएका छन् ।