मनहरी ६ प्रतापपुरमा पुल निर्माण
२० जेष्ठ,२०७६ । मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर ६ प्रतापपुरमा ३५ लाख रुपैयाँ लागतमा पुल निर्माण गरिएको छ । प्रतापपुरका करिव ६ सय घरधुरीलाई सहज हुनेगरी पुल निर्माण गरिएको हो । पुल नहुँदा वषौदेखि यहाँका वासिन्दाहरुले समस्या बेहोर्दै आएपछी यस पटक भने पुल निर्माण गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । ६ मिटर चौडाइ र १२ मिटर लम्वाई रहेको पुल निर्माण भएपछी यस पुल भएर सवारीका साधन हिउँद र बर्षायाममा ओहोर गर्नका लागि सहज भएको उहाँले बताउनुभयो ।
उपभोक्ताहरुको सक्रियतामा पुल निर्माण गरिएको हो । गाउँमा आवत जावत गर्नका लागि पुल निर्माण भएपछी स्थानीय वासिन्दाहरु खुसी भएका छन् । यसैगरी मनहरी ६ प्रतापपुरमानै खोलाबाट संरक्षण गर्नका लागि ड्याम निर्माणसंगै सडक पनि निर्माण गरिएको छ । ड्याम बनाएर बस्ती संरक्षण गर्ने र त्यही ड्यामको माथी सडक निर्माण गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । ड्याम र सडक निर्माण गर्न दश लाख रुपैयाँ लागतमा काम भईरहेको छ ।