मुख्यमन्त्री पौडेलको सफल एनजिओप्लाष्ट

हेटौंडा, २१ जेठ । ३ नम्बर प्रदेशकामुख्यमन्त्रीडोरमणिपौडेलको सोमबार सफल रुपमा एनजिओप्लाष्ट गरिएको छ । मुटुको नियमित परिक्षणकालागिकाठमाण्डौंको शहिदगंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमापुग्नुभएकामुख्यमन्त्रीपौडेलको आईतबारएनजिओग्राफिगर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछिअस्पतालमाभर्ना हुनुभएको थियो । अस्पतालकामुटुरोग विषेशज्ञडाक्टर चन्द्रमणिअधिकारीको टोलीले उहाँको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उहाँलाई अहिले आईसियु कक्षमा राखिएको छ भने उहाँको उपचारमा २० मिनेट समय लागेको थियो । डा. अधिकारीकाअनुसार मुख्यमन्त्रीले एक हप्ताआरामगर्नुपर्ने छ । अस्पतालभर्नाभएसंगै एकहप्ताकालागिमुख्यमन्त्रीको सार्वजनिककार्यक्रमहरु स्थगितगरिएको मुख्यमन्त्रीका सचिवालयलेजानकारी दिएको छ ।यद्यपी जेठ २४ र २५ गते हेटौंडामाहुने प्रदेश समन्वय परिषदको बैठक मुख्यमन्त्रीको अध्यक्षतामाहुने सचिवालयको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*