प्रदेश र स्थानीय तहलाई ३ खर्ब अनुदान

हेटौंडा २१ जेठ, संघीय सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन गरेको बजेटमार्फत प्रदेश र स्थानीय तहका लागि मूल दुइटा शीर्षकमा अनुदान रकम छुट्याएको छ । वित्तीय समानीकरण अनुदान शीर्षकमा सातवटै प्रदेशलाई गरी कुल ५५ अर्ब २९ करोड, ८६ लाख रकम तथा सबै स्थानीय तहका लागि लागि कुल ८९ अर्ब ९४ करोड ७० लाख रकम उपलब्ध गराउने भएको छ । यसैगरी सशर्त अनुदान शीर्षकमा सबै प्रदेशका लागि कुल ४४ अर्ब ५४ करोड ५८ लाख रकम तथा सबै स्थानीय तहका लागि १ अर्ब २३ अर्ब ८७ करोड ४१ लाख रकम उपलब्ध गराउने भएको छ । यी दुवै शीर्षकमा गरी प्रदेश र स्थानीय तहका लागि संघीयर सरकारले ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख बजेट छुट्याएको छ । गणतन्त्र दिवसकै दिन अर्थात जेठ १५ मा अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १५ खर्बबढीको बजेट पेश गर्नुभएको थियो । यसपटकको बजेटले स्थानीय तहका लागि प्रदेशको भन्दा बढी रकम छुट्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*