नवोदयले ग¥यो सचेतना मुलक कार्यक्रम

मकवानपुर, २१ जेठ । हेटौंडा–४ मा अवस्थित नवोदय शिशु सदनमा कक्षा–४ मा अध्यययनरत विद्यार्थीहरुले हेटौंडाका विभिन्न मुख्य चोकहरुमा सचेतना कार्यक्रम गरेका छन् । विद्यार्थीहरुले फोहोर व्यवस्थापन गर्ने तरिका अन्तर्गत फोहोरमैला निश्चित ठाउँमा विसर्जन गर्न र वातावरण प्रदूषण न्यूनीकरण गर्नका लागि विद्यार्थीले व्यवसायीलाई प्रत्यक्ष भेटी आग्रह गरेका छन् । कक्षा ४ मा अध्ययनरत विद्यार्थीलाई ६ समूहमा विभाजन गरी मानस चोक, शितलमहल चोक, बुद्ध चोक, सङ्गम चोक, सानोपोखरा चोक र चौघडा बजारमा सचेतना कार्यक्रम सञ्चालन भएको थियो । सचेतना कार्यक्रमले हेटौंडाबासीलाई वातावरण संरक्षण कार्यमा थप उत्साह मिल्ने नेपपपाली शिक्षक सिएम रिमालले बताएका छन् । यसैगरी कक्षा ५ का विद्यार्थीहरुले हेटाँैडाको पशुपति मन्दिर वरिपरि सरसफाई गरेका छन् । गतवर्षझैँ यसवर्ष पनि वातावरण दिवसको अवसरमा विद्यालयले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको शिक्षक रिमालले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि बुधबार बुद्धचोक र चौघडामा नाटक र वातावरण सम्बन्धी सांस्कृतिक कार्यक्रम तथा जेसीआइ हेटाँैडाको सचिवालयमावातावरण सम्बन्धी सांस्कृतिक कार्यक्रम हुने विद्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*