सेनेटरी पार्कमा वृक्षारोपण
३०० भन्दा बढी विरूवा रोपियो
जेठ २१,हेटौंडा । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा स्वच्छ वायु, स्वस्थ जिवन भन्ने मुल नाराका साथ ४७ औ विश्व वातावरण दिवस २०७६ को छौठो दिन हेटौंडा १० स्थित सेनेटरि पार्कमा सिम्मल, अमला लगायत विभिन्न प्रजातिका ३०० भन्दा बढी विरूवाहरू रोपि वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वातावरण शाखा प्रमुख ध्रुव भुजेल टोल विकास संस्था नगर समन्वय समितिका महासचिब शिबहरि दाहाल, वडा समन्वय समिति, टोल विकास संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो ।