नेपाल र चीनबीचको हवाई सम्झौता पुनरावलोकन हुने

२२ जेठ २०७६ । नेपाल र चीनका सबै विमास्थलमा उडान गर्ने गरी हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन हुने भएको छ। नेपाल र चीनबीच सन् २०१४ मा भएको एएसए पुनरवलोकनपछि दुवै देशले सातामा ७० उडान गर्न पाउने सम्झौता भए पनि नेपालले अहिलेसम्म एउटा पनि उडान अनुमति पाएको छैन। नेपाल वायुसेवा निगमले चीनको ग्वान्जाओ र बेइजिङमा उडान अनुमति मागेको भए पनि चीनले दिएको छैन। यो समस्या समाधान गर्न दुवै देशले मागेकै विमानस्थलमा उडान अनुमति पाउने र जुनसुकै विमानस्थलमा पनि उडान गर्न पाउने गरी सम्झौता पुनरवलोकन गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।
यस्तो सम्झौता पुनरवलोकनपछि वायुसेवा निगमले चाहेकै गन्तव्यमा उडान गर्न सक्ने र तत्कालै अनुमति दिनुनपर्ने शर्त नेपालले राखेको छ। यो सम्झौता नवीकरणपछि दुवै देशका वायुसेवाले जुनसुकै विमानस्थलमा उडान गर्न पाउनेछन्। नेपालले चीनका बेइजिङ, ग्वान्झाओ, ल्हासा, सांघाई, कुनमिङ, छेन्दु र सियान गरी सात सहरका विमानस्थलमा उडान गर्न सक्ने गरी सम्झौता गरेको छ। चीनले भने नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै उडान गर्ने गरी सम्झौता भएको छ । नेपालले पोखरा विमानस्थल निर्माण गरिरहेको र भैरहवा विमानस्थल निर्माण अन्तिम चरणमा पुगेकाले दुई विमानस्थमा हुने उडानलाई दृष्टिगत गरेर हवाई सम्झौता पुनरवलोकन गर्न चाहेको हो। नेपालमा हुने उडान बढाउन चाहेको र निर्माणाधीन नयाँ विमानस्थबाट हुने उडान अनुमतिमा चीनले पनि रुचि देखाएको छ। नेपाली पक्षका वायुसेवाले पनि चीनका नाफामूलक र चाहेकै विमानस्थल उडान अनुमति मागेकाले हवाई सम्झौता पुनरवलोकन गर्न खोजिएको सहसचिव आचार्यले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*