कैलाली कञ्चनपुरमा आँधीबाट २ को मृत्यु , घाइतेको संख्या १०० नाघ्यो

२४ जेष्ठ, २०७६, बिहीबार साँझदेखि चलेको आँधी (हावाहुरी) का कारण सुदूरपश्चिम प्रदेशको तराइँका दुई जिल्ला कैलाली र कञ्चनपुरमा व्यापक क्षति पुर्‍याएको छ । आँधीसँगै भएको वर्षाका कारण कैलालीमा २ जनाको मृत्यु भएको छ । घाइते संख्या भने १०० भन्दा बढी पुगेको छ, तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका( २ का लाहनु चौधरी र गोेदावरी नगरपालिका( ८ का वीरबहादुर चौधरी रहेका छन् । लाहनुको घरकै भित्तारटिन खसेर लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उता भने आँधीकै कारण अनियन्त्रित भई टिप्पर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकका रुपमा रहेका वीरबहादुर चौधरीको मृत्यु भएको हो । पुर्बबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो ।
सो आँधीहुरीका कारण घााइते हुनेमध्ये अधिकांशकोे सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कैलालीमा मात्रै हालसम्म ८१ जना घाइते भएको विवरण जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको छ । यीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा गोदावरी नगरपालिका–२ का जनक मल्ल, उनको छोरा गौतम मल्ल रहेका छन् । उनीहरुलाई उपचारका लागि भारत रेफर गरिएएको छ । सेची अञ्चल अस्पतालमै उपचाररत धनगढी उपमहानगरपालिका–१२ की सरीता जोशी र धनगढी उपमहानगरपालिका–२ की शिवचना चौधरीको अवस्था पनि गम्भीर रहेको छ । कञ्चनपुरमा भने २३ जना घाइते भएको विवरण प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय भामदत्तनगरका डीएसपी ज्ञानबहादुर विष्टका अनुसार घाइते हुनेमा बालबालिका, महिलाहरु लगायत रहेका छन् । सामान्य घाइते १५ जना डिस्चार्ज भइसकेका छन् भने ८ जनालाई धनगढी रेफर गरिएको छ । एकको अवस्था गम्भीर रहेको छ ।
कैलालीमा धेरैजसो रुखहरु ढलेका, भाँचिएका छन् भने अधिकांश कच्ची घरका छाना उडाएको छ । केही घरका छानामाथि नै रुख ढलेका छन् । छाना र भित्ता उडाउँदा घरभित्र राखिएको अन्नपात पानीले भिजेको छ भने रातभर अधिकांशले घरबाहिरै रात बिताएका छन् । प्रभावित क्षेत्रमा विद्युत सेवा पनि रातिदेखि नै अवरुद्ध भएको छ । बिजुलीका पोल र रुख ढलेर बाटो तथा सडक समेत अवरुद्ध भएका छन् ।

s~rgk’/,@$h]7 -/f;;_ laxLaf/ /flt cfPsf] xfjfx’/Ln] s~rgk’/sf] eLdbQgu/kflnsf–!* ;fn3f/Ll:yt :yfgLosf] 6x/fdf ?v 9Nbf k’u]sf] Iflt . t:jL/M z]/axfb’/ l;+x, s~rgk’/


यसैबीच, प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गर्ने कार्य तथा राहत र उद्धार कार्य सुर गरिएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । विनाशकारी आँधीहुरीले करोडौंको क्षति भएको र तत्कालैदेखि उद्धार तथा राहत वितरण कार्यमा खट्न मातहतका निकायलाई निर्देशन दिइसकिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*