मुख्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

२७ जेठ,हेटौंडा । प्रदेश नंबर तीनका मुख्यमन्त्री डोरमणि पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत आईतबार मुटुको नियमित परिक्षणका लागि काठमाण्डौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको एनजिओग्राफि गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिाएपछि अस्पतालमा भर्ना भएका थिए । अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले मुख्यमन्त्री पौडेलको उपचार गरेका थिए । अस्पताल भर्ना भए संगै एकहप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*