हावाहुरीसहित भीषण वर्षा हुदा पर्सामा एकको मृत्यु, ६ जना घाइते

२७ जेठ,हेटौंडा । गएरातिको भीषण वर्षासँगै आएको हावाहुरी र चट्याङबाट एकजनाको मृत्यु भएको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीमा परेर अन्य ६ जना घाइते भएका छन् । हावाहुरीसँगै आएको चट्याङ लागेर ठोरी गाउँपालिका १ का २१ वर्षीय राजु विष्टको मृत्यु भएको हो । हुरीका क्रममा वीरगन्ज महानगरपालिका ७ रामटोलमा महेश साहको निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिँदा ओम प्रकाश साह, दीपेन्द्र पटेल र सुनिल पटेल घाइते भएका छन् । त्यस्तै वीरगन्ज १६ इनरुवामा नेक महम्मदको घर भत्किँदा उनकी छोरी गुल्सन खातुन र पत्नी शायदा खातुन घाइते भएका छन् । हुरीले वीरगन्जको लिंकरोडस्थित नारायणी एफएमको टावर र सोलार प्यानल भत्काएको छ ।
गएरातिको हावाहुरीले पर्साको पोखरीया नगरपालिका, सेढवा, बिन्दवासिनि गाउँपालिका, बिरिञ्चीबर्वालगायतका स्थानहरुमा ठुलो क्षति पुगेको छ । चट्याङ लागेरै ४५ बाख्रा समेत मरेको जनाइएको छ । गत चैत १७ गते शक्तिशाली हावाहुरी पर्सा बरामा आउँदा ३० जनाको मृत्यु र करिब २ हजार घरमा क्षति पुगेको थियो भने ५ सय जना घाइते भएको थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*