धरानमा डेंगुबाट १ सय १७ मानिस संक्रमित

२०७६, जेठ २८ । धरान उपमहानगरपालिकामा तीन साताअघि फैलिएको डेंगु नियन्त्रण बाहिर भएको छ । तीन साताको अवधिमा धरानमा ३ सय १७ जना मानिस डेंगुबाट संक्रमित भएका छन् । बिरामीको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । डेंगु देखापर्न शुरुभएपछि नियन्त्रणको प्रयास शुरु भइसकेको छ । तर, बिरामीको संख्या घट्नुको साटो झनझन बढिरहेको छ । डेंगुका धेरै प्रकारमध्ये टाईप टु भाईरस धरानमा फैलिएको पुष्टि भइसकेको छ । धरानका प्रायःजसो ठाउँमा डेंगु सार्ने एडिज एजिप्टाई जातको लामखुट्टे फेला परेकाले उपमहानगरपालिकाले नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले पनि डेंगु जाँच गर्न ७ सयभन्दा बढी किटसहित स्वास्थ्यकर्मीको टोली खटाएको छ ।तर, नियन्त्रणमा आउन सकेको छैन । उता डेंगु नियन्त्रण सोचे अनुरुप नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । स्रोतसाधन सीमित भएको र अनुमान गरेभन्दा फरक ठाउँमा डेंगु देखा परेकाले रोग नियन्त्रणमा सोचेअनुरुपको हुन नसकेको महाशाखाले स्वीकार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*