धारिलो हतियार प्रहारबाट आफ्नै परिवारका तीन घाइते
२०७६, जेठ २८ । सिन्धुलीमा धारिलो हतियार प्रहारबाट तीनजना घाइते भएका छन् । दुधौली नगरपालिका–१३ ठाकुरदमार निवासी ४५ वर्षीय तिलकबहादुर खत्रीले धारिलो हतियार प्रहार गरी आफ्नै परिवारका तीन जनालाई घाइते बनाएका छन् । मानसिक सन्तुलन ठीक नभएका खत्रीले ४० वर्षीया श्रीमती कृतीकुमारी, २२ वर्षीया बुहारी सपना र १९ वर्षीय सुरेश खड्का ९कृती कुमारीको भदा० लाई खुर्पाले हिर्काएर घाइते बनाएका हुन् ।
घाइतेहरुको उपचार भइरहेको छ । खुपौ प्रहार गर्ने तिलकबहादुरलाई इलाका प्रहरी कार्यालय डकाहाबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ प्रहरी जिल्ला कार्यालयले जनाएको छ ।