प्रधानमन्त्री ओली र ब्रिटिश समकक्षी टेरिजा मेबिच भेटघाट

२९ जेठ,२०७६ । ब्रिटेनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी ब्रिटिश समकक्षी टेरिजा मेसँग भेटघाट गर्नुभएको छ । विगत १७ वर्षयता नेपालका कुनै पनि राष्ट्र प्रमुख बेलयात भ्रमणामा निस्कनुभएको थिएन । बेलायत पुग्नुभएका प्रधानमन्त्रीओलीले मंगलबार साँझ समकक्षीसँग डाउनिङ स्ट्रिटमा भेटवार्ता गर्नुभएको हो । सो क्रममा उहाँले गोर्खा सैन्य भर्तीसम्बन्धी नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरवलोकन गर्नुपर्ने जनाउनुभएको छ । सन् १९४७ मा ब्रिटेन, भारत तथा नेपालबीच भएको त्रिपक्षीय सन्धियता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरवलोकन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले ब्रिटिश जनता र राजमुकुटप्रति गोर्खालीहरूको अद्वितीय सेवालाई ख्याल गर्दै गोर्खा सैनिकहरूका केही मागलाई सम्बोधन भए पनि अन्य मागप्रति ध्यान दिन आग्रह र्गनुभएको छ । प्रधानमन्त्री मेले ब्रिटिश गोर्खा सैनिकहरूको ऐतिहासिक योगदानको प्रशंसा गर्दै यो विषयबारे आफ्ना उत्तराधिकारीलाई जानकारी गराउने बताउनुभएको छ । भूतपूर्व गोर्खा सैनिकहरूले निवृत्तिभरण आदि विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै मागहरू सम्बोधन नभए नयाँ चरणको आन्दोलन थाल्ने चेतावनी दिँदै आएका छन्। ब्रिटिश सरकारले भेदभाव भएको भन्ने आरोपलाई अस्वीकार गर्दै गत मार्चमा पेन्सन ३४ प्रतिशत बढाउने घोषणाा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*