विरोध खतिवडाको पहलमा भइरहेका विकासका कामहरु यस्ता छन्

३० जेष्ठ ,२०७६ । सांसद विरोध खतिवडाको पहलमा मकवानपुरमा विकास निर्माणको कार्यले तिब्रता पाएको छ । मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद खतिवडाको पहलमा मकवानपुरमा एक अर्ब रुपैयाँ बराबरको विकास निर्माणको कार्य भइरहेको हो । चालु आर्थिक वर्षमा सांसद खतिवडाको पहलमा सडक, पानी, बिजुली, पुल निर्माण, तटबन्धन लगायतमा धमाधम काम भइरहेको हो ।
यी हुन् सांसद खतिवडाको पहलमा मकवानपुरमा भइरहेका विकास निर्माण कार्य
– मनहरी गाउँपालिकाको रमौली प्रतापपुरमा तट्बन्धन निर्माणका लागि १५ करोड रुपैयाँ छुट्याईएकोमा ९ करोड रुपैयाँ लागतमा तटबन्धनको टेण्डर भएर काम सुरु हुदै ।
– मनहरीको ज्यामिरे, दर्दरा, रजैयाँ,सान्नानीटारमा सडक निर्माण गर्नका लागि ६ करोड रुपैयाँ लागतमा काम भइरहेको ।
– भीमफेदी, कोगटे, इपा, सिस्नेरी सडक निर्माणका लागि ४९ करोड रुपैयाँ छुट्याइएकोमा टेण्डर गर्दा ३६ करोड रुपैयाँ लागतमा काम भईरहेको।
– थाहा नगरपालिकाको कुन्छाल हुँदै इन्द्रसरोबर कुलेखानी सडकका लागि १० करोड रुपैयाँ लागतमका काम भईरहेको अवस्थामा रकम थप गरेर अहिले भने २२ करोड रुपैयाँ लागतमा टेण्डर गर्ने तयारी भइरहेको ।
– रापतीखोला अन्तरगत मनहरी गाउँपालिकाको साननानीटारदेखि हाँडीखोला जाने रापतीखोलामा पुल निर्माणका लागि काम सुरु हुदै ।
– मकवानपुरको गढी गाउँपालिकाको आमभन्ज्याङ, बुढीचौर सडक निर्माणका लागि तीन करोड रुपैयाँ लागतमा काम भईरहेको ।
– मनहरीको रजैयाबाट लामिटार हुँदै चकरी मकरी सडक निर्माणका लागि तीन करोड रुपैयाँ लागतमा काम भईरहेको ।
– मकवानपुर क्षेत्र नम्बर २ मा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत ४ करोड रुपैयाँ लागतमा सडक, खानेपानी लगायतका विभीन्न क्षेत्रमा काम भईरहेको ।
– मकवानपुरको इन्द्रसरोवरको मार्खुमा विुद्यतको सव स्टेशन निर्माण गरिएको ।
– मकवानपुरको भीमफेदी गाउँपालिकाको कोगटे र इपामा दुईवटा पुल निर्माणको लागि टेण्डरको प्रकृया अगाडी बढेको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*