बाल विवाह विरुद्ध एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न

३१ जेष्ठ, २०७६ । विवाह बारी बिसबर्ष पारि भन्ने मुल नारा तथा बाल विवाह आफु पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने प्रतिबद्धता सहित भीमफेदी गाउँपालिकाको आर्थिक सहयोग तथा समृद्ध नेपालको लागि नयाँ पाइलाको आयोजनामा बाल बिवाह बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा श्री बाराही माध्यमिक बिद्यालयका करिब १ सय जना विद्यार्थी सहभागी भएका थिए । त्यस्तै कार्यक्रममा समृद्ध नेपालको लागि नयाँ पाइलाका संरक्षक तथा सस्थापक रिपेश रिद्धी दाहालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागी अतिथि र सम्पुर्ण विद्यार्थीले बिहे बारि बीस बर्ष पारी भन्ने मुल नारा सहित बाल विवाह आफू पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न भनी प्रतिबद्धता जनाउँदै ब्यानरना हस्ताक्षर गरेका थिए। त्यसैगरी भिमफेदी गाउँपालिका ४ नम्बर वडाध्यक्ष क्षेत्र बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाराही मा.बिका प्र.अ. सोम बहादुर लामाको उपस्तिथि रहेको थियो। कार्यक्रम संस्थाका अध्यक्ष बिसु सुनारको सभाध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*