पोखरेलले सनराइज बैंकको स्वास्थ्य बीमा योजना अन्तर्गत ६३ हजार पाए

जेठ ३१,हेटौंडा
सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका सम्पुर्ण ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । सोही अनुरुप बैंकले हेटौडा शाखाका ग्राहक तथा जी.एस निकेतन स्कुलका सहायक प्रिन्सीपल सुकदेव पोखरेलको काठमाण्डौ स्थित सुमेरु अस्पतालमा उपचार गराउदा लागेको उपचार खर्च रु ६३ हजार ८ सय ९६ रुपैया बराबरको रकम आज प्रदान गरिएको छ । बैंकका शाखा प्रबन्धक सुदर्शन खतिवडाले पोखरेललाई विद्यालय प्रांगणमा पुगी रकम प्रदान गरिएको प्रबन्धक खतिवडाले बताए ।

बीमा सुविधा अन्तर्गत बैंकका हरेक बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ व्यवस्था रहेको खतिवडाले बताए ।

साथै बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका २०० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट पाउनुका साथै १ लाख सम्मको स्वास्थ्य बीमा प्राप्त हुने उनले बताए । साथै यस बैकको ग्राहकहरुले सनराईज हेल्थ कार्डको सुबिधा लिएर भारतको उत्कृष्ट अस्पतालमा समेत उपचार गराउदा विशेष छुट पाउनुका साथै प्रतिदिन रु २० लाख सम्मको उपचार खर्च पोइन्ट अफ सेल मार्फत भुक्तानी गर्न सकिने प्रवन्धक खतिवडाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*