प्रदेश ३ को बजेट आज ५ बजे संसदमा प्रस्तुत हुने
१ असार,हेटौंडा । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक बर्षका लागि करिब ४८ अर्ब रुपैयाँको हाराहारिमा बजेट ल्याउने तयारी गरेको छ । आज असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने बजेटको सबैजसो तयारी पुरा भएको प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो । प्रदेश सभामा आज ५ बजे सरकारले बजेट प्रस्तुत गर्ने तयारी गरिएको छ । दिउसो ४ बजे मन्त्री परिषदको बैठकले संसदमा प्रस्तुत हुने बजेटबारे निणय गर्ने र त्यस लगतै संसदमा बजेट प्रस्तुत गरिने तयारी प्रदेश सरकारको छ । बजेटको सबै भन्दा ठुलो रकम पूर्बाधारका क्षेत्रमा खर्च गर्न लागिएको छ । प्रदेश सरकारले प्रदेश गौरबको योजान अन्तरगत पोष्टबहादुर बोगटी भिमफेदी– काठमाण्डौ सुरुङमार्ग निर्माणका लागि बजेट छुट्याइएको छ । पुस्पलाल चक्रपथ प्रदेशका सबै जिल्लालाई समेट्नेगरी निर्माण गर्न लागिएको छ । त्यसैगरी मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई गौरबको योजानका रुपमा अगाडी बढाइएको छ ।
हेटौंडा अस्पतालको क्षमता बृद्धी गरेर स्वाथ्य बित्रान प्रतिष्ठान निर्माण गर्ने तयारी गरिएको हो । त्यस्तै मदनभण्डारी सडक निर्माण निर्माण गर्नका लागि बजेट छु्याइएको र गौरबका योजनाका रुपमा अगाडी बडाइएको मन्त्री ढुंङ्गेलले बताउनुभयो । चालु आर्थिक बर्षका केही महत्वपुर्ण योजनालाई गौरबका योजनाका रुपमा सरकारले लिएको थियो । तर, रकम खर्च गर्न नसकेपछी आउँदो आर्थिक बर्षको योजनामा पनि गौरबका योजनाका रुपमा अगाडी बढाइएको छ । प्रदेशमा डिजेल पेट्रोलबाट चल्ने सवारी साधनमा न्युनीकरण गर्ने गरी बजेट ल्याउने तयारी गरिएको छ । प्रदेशमा बिकल्प सहित प्लाष्टिक निशेध गर्ने तयारी गर्ने गरिएको उहाँले बताउनुभयो । गत बर्षमा ल्याएको बजेट भन्दा ठुलो आकारको बजेट ल्याइने उहाँले बताउनुभयो । चालु आर्थिक बर्षको बजेट भन्दा थप परिस्कृत गरेर बजेट ल्याउने तयारी भएको उहाँले बताउनुभयो । कृर्षि, वन, पर्यटन, पुर्बाधार लगायतका क्षेत्रमा बजेट ल्याइएको उहाँले बताउनुभयो ।
चालु आर्थिक बर्षमा धेरै रकम खर्च नहुने निस्चित भएको छ । तर, आउँदो आर्थिक बर्षका लागि ल्याईने बजेट खर्च गर्ने आधार सहित बजेट ल्याउन लागिएको उहाँको भनाई छ । प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका नागरिकलाई बजेटले छुनेगरी बजेट ल्याउने तयारी भएको उहाँको भनाई छ । बजेटमा चालु आर्थिक बर्षका लागि रकम छुट्टीएको तर, कार्यान्वयन हुन नसकेको क्षेत्रमा फेरी आउँदो आर्थिक बर्षमा पनि बजेट छुट्याइएको छ । जनताका माग, भूगोल, लक्षित क्षेत्र र बर्गिय क्षेत्रलाई आधार मानेर बजेट ल्याउन लागिएको छ ।