मकवानपुरको बकैयामा निशुल्क स्वास्थ्य शिविर
१ असार,हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका निशुल्क प्रजनन् स्वास्थ्य शिविर भएको छ । बकैया गाउँपालिका वडा ९ मा बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा मकवानपुर नर्सिङको आयोजनामा शिविर भएको हो । शिविरमा डा।रामकाजी महर्जन स्वास्थ्य परीक्षण गरेका थिए । जसमा ४ जना महिलाहरुलाई रिंगप्रेसरीको सेवा उपलब्ध गराएको जनाएको छ । शिविरमा ८६ जनाको निशुल्क स्वास्थ्य परिक्षण भएको थियो ।