गर्मी अत्यधिक बढेपछी हेटौंडाका बिद्यालय पाँच दिन बन्द
१ असार ,हेटौंडा । हेटौंडामा अत्यधिक गर्मी बढेपछी सरकारी तथा निजी बिद्यालय पाँच दिनका लागि बिदा दिइएको छ । पढ्न आएका बिद्यार्थीहरु गर्मीका कारण एक्कासी बेहोस हुने, ढ्ल्ने, स्कुलमा बस्न नसक्ने भएका कारण नगरक्षेत्र भरीका बिद्यालयलाई पाँच दिनका लागि बिदा दिइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । भोली सोमबार देखि सुक्रबार सम्मका लागि हेटौंडाका निजी तथा सरकारी बिद्यालयलाई बिदा गरिएको हो । अहिले गरिएको बिदा अरु समयको बिदामा मिलान गर्नेगरी दिइएको हो । तराईका जिल्ला जस्तै हेटौंडामा पनि सनिवार देखि अत्यधिक गर्मी बढेको छ । निजी तथा सरकारी बिद्यालयका शिक्षक, अभिभाबकको आग्रहपछी बिद्यार्थीलाई छुट्टी दिइएको मेयर महतले बताउनुभयो ।