युनिलिभर गेटमा मजदुरले दिए धर्ना, ४१ जना प्रहरीको नियन्त्रणमा

हेटौँडा,२ असार । मजदुरलाई विना जानकारी एकाएक उद्योग बन्द गरि आफुहरुको रोजिरोटी खोसेको भन्दै आन्दोलनरत हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको गंगा सोपका मजदुरहरुले आज युनिलिभर बसामाडीमा धर्ना दिएका छन् । विहान ८ बजेबाट धर्नामा बसेका मजदुरलाई ११ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । पुन उद्योग सञ्चालन तथा आफुहरुको रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग सहित आन्दोलन गरिरहेका मजदुरहरुले १० औँ वर्षबाट काम गरिरहेको आफुहरुलाई उद्योग प्रशासनले विना क्षतिपूर्ती जागिर बिहिन बनाएको बताएका छन् । नेपाली कांग्रेस मकवानपुरका सभापति तथा प्रदेश नंबर ३ प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका इन्द्रबहादुर बाँनीयाको लगानी रहेको उद्योगले युनिलिभरको लागि सेम्फु उत्पादन गर्दै आएको थियो । यस अघि पटक–पटक आन्दोलन गरेपनि कुनै निश्कर्ष निस्कन नसकेपछि आज मजदुरहरुले युनिलिभरको गेटमा धर्ना दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*