साउन महिना देखिनै बजेट कार्यान्यन सुरु हुन्छ–मन्त्री ढुङ्गेल
२ असार ,हेटौंडा । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले आउँदो आर्थिक बर्षका लागि ल्याइएको बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । आज मन्त्रालयमा पत्रकार समेलन गर्दै उहाँले आउँदो आर्थिक बर्षका लागि आईतबार संसदमा प्रस्तुत गरिएको ४७ अर्ब ६० करोड रुपैयाँको बजेट कायान्वयन हुने बताउनुभयो । चालु आर्थिक बर्षमा बजेट कायान्वयन हुन नसकेको स्वीकार गर्दै उहाँले भन्नुभयो–‘पहिले कर्मचारी थिएनन् । कानुनको अभाब, नीति तथा योजान आयोगका सदस्यहरु पुरै नहुनु लगायतका समस्याबाट हामिले बजेट कार्यान्वयन गर्न सकेनौ ।’ आउँदो आर्थिक बर्षका लागि बजेट कार्यान्वयन गर्नका लागि कुनैपनि समस्या नभएको उहाँले बताउनुभयो । प्रदेश ३ मा पुँजीगत खर्चको तुलनामा चालु खर्चमा बडी रकम हुनुमा स्थानीय तहलाई जाने अनुदान समेत जोडिएको र कर्मचारी पहिले कम भएपनि अहिले भने पर्याप्त भएकाले चालु खर्च बडी भएको उहाँले बताउनुभयो ।
प्रदेश नम्बर ३ ले कुनैपनि सांसदलाई खल्ती भर्नेगरी रकम नछुट्याएको आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले दाबि गर्नुभएको छ । प्रदेशका निर्बाचन क्षेत्रका पूर्बाधार बिकाश कार्याक्रमका लागि बजेट छुट्याएको उहाँले बताउनुभयो । सांसदलाई बजेट दिएको नभईकन प्रदेशका सबै क्षेत्रको संतुलित बिकाशका लागि यो रकम छुट्याएको उहाँको भनाई छ । स्थानीय सरकार समेतको सहभागितामा बिकाश गर्नका लागि यो रकम छुट्याइएको उहाँले बताउनुभयो । बजेटमा प्रतिपक्ष दलको टिप्पणि सामान्य रहेको बताउनुभयो । कुनैपनि देशमा प्रमुख प्रतिपक्ष दलले बजेट राम्रो भनेको इतिहास समेत नभएको उहाँले बताउनुभयो । आउँदो आर्थिक बर्षका लागि ल्याइएको बजेट कार्यान्वयन साउन महिना देखिनै हुने उहाँले बताउनुभयो । गत बर्षमा प्रस्तुत गरिएको बजेटमा हेटौंडा–भिमफेदी–कुलेखानी सुरुङमार्गको बजेट अदालतमा मुद्धा परेका कारण कार्यान्वयन हुन नसकेकाले अबको बर्ष यसको कार्यान्वयन छिटै गरिने उहाँले बताउनुभयो । हरेक बर्ष बजेट घट्ने भन्दा पनि बड्दै जाने बताउनुभयो । कार्याक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर खिमलाल देबकोटाले अब प्रदेशले गर्ने कामका योजनाहरुको अनुगमनको कामलाई प्रभाबकारी बनाईने बताउनुभयो । कार्याक्रममा योजना आयोगका सदस्यहरु, मन्त्रालयका सचिब, कर्मचारीहरु लगायतकाको उपस्थिती रहेको थियो ।