प्रदेश ३ सरकारले नौ जिल्लालाई जोड्ने प्रदेश चक्रपथ बनाउने

२ असार, हेटौंडा । प्रदेश ३ सरकारले ९ वटै जिल्लालाई समेटेर प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । यसको नाम पुष्पलाल प्रदेश चक्रपथ राखिएको छ । आइतबार ४७ अर्ब ६० करोडको बजेट पेश गर्दा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश चक्रपथ बनाइने बताएका हुन् । संघीय सरकारको समन्वय र सहकार्यमा बनाइने प्रदेश चक्रपथले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, सिन्धुली र काभ्रेलाई जोड्नेछ । यो सडकले प्रदेशमा पर्ने ९ वटै जिल्ला सदरमुकामलाई जोड्ने आर्थिक मामिलामन्त्री ढुंगेलले बताए । उनले भने, ‘कतिपय क्षेत्रमा अहिले नै सडक छन् । कतिपय नयाँ बनाउनुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*