सरकारले गतल बाटो अबलम्बन गरिरहेको छ – कमल थापा
३ असार ,हेटौंडा । सरकारले विभिन्न बिवादित बिधेयक ल्याएर देशलाई जानिजानी द्वन्दतर्फ लैजान थालेको राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय अध्यक्ष कमल थापाले बताएका छन् । प्रदेश ३ को राजधानी हेटौंडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । मिडिया काउन्सिल बिधेयक, गूठी बिधेयक, राष्ट्रिय मानव अधिकार बिधेयक, नागरिकता सम्बन्धि बिधेयक, राष्ट्रिय सुरक्षा बिधेयकमा देखिएको बिवादले देशलाई गम्भीर मुडभेडतर्फ धकेलेको थापाले बताए । पार्टीको राष्ट्रिय जागरण अभियानको क्रममा हेटौंडा आईपुगेका अध्यक्ष थापाले प्रेस स्वतन्त्रता कुण्ठित पार्ने तवरले मिडिया हाउसलाई नियन्त्रणमा लिन सरकारले मिडिया काउन्सिल बिधेयक ल्याएको बताए ।
यसैगरी सेनालाई वाईपास गर्दै प्रधानमन्त्रीले आफ्नो नियन्त्रणमा सुरक्षा निकायलाई लिने उदेश्यका साथ राष्ट्रिय सुरक्षा बिधेयक ल्याएको थापाले बताए । पत्रकार सम्मेलनमा बोल्दै थापाले नागरिकता सम्बन्धि बिधेयक झनै गम्भीर त्रुटि भएको र यो राष्ट्रिय हित बिपरित भएको बताए । “सरकार बैचारिक र नितिगत रुपमै राष्ट्रिय हितभन्दा पर जादैछ” अध्यक्ष थापाले भने “दुई तिहाइ मतको दम्बमा सरकारले गतल बाटो अबलम्बन गरिरहेको छ,यो सरासर गतल हो ।” उनले प्रधानमन्त्री केपि शर्मा ओलिलाई ब्यक्तिगत रुपमै भेटेर गतल बिधेकको रुपमा आफ्नो र आफ्नो पार्टीको धारणा सहित सच्चिनको लागि सुझाव दिएको बताए ।