बिहारमा महामारीका कारण ज्यान गुमाउने बालबालिकाको संख्या १०० नाघ्यो

असार ३, हेटौंडा । भारतको बिहारमा पछिल्लो समय फैलिएको महामारीका कारण ज्यान गुमाउने बालबालिकाको संख्या एक सय नाघेको छ । बिहारमा एक्यूट इनसेफलाइटिस सिन्ड्रोमको महामारी फैलिएको अनुमान छ । अहिलेसम्म १०३ बालबालिकाको ज्यान गएको पुष्टि भएको स्थानीय अधिकारीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १० वर्ष भन्दा कम उमेरका कम्तिमा २०० बालबालिकाको उपचार भइरहेको छ । अधिकांशको हाइपोग्लाइसिमिया या रगतमा चिनीको मात्रा कम भएका कारण ज्यान गएको राज्यका अधिकारीले बताएका छन् ।
सन् १९७० को दशकको अन्त्यतिर इनसेफलाइटिस पहिचान भएयता भारतको बिहार उत्तर प्रदेशमा हजारौँ बालबालिकाको ज्यान गएको छ । बिहार राज्य सरकारले बिरामीको उपचार खर्च आफूले बेहोर्ने बताएको छ । केन्द्र सरकारले पनि सम्भव भएका सबै सहयोग गर्ने बताएको छ । जुन महिनाको सुरुवातसँगै सुरु भएको महामारीका कारण ज्यान गुमाउने अधिकांश मुजफ्फरपुरका छन् । स्थानीय बासिन्दाले चिली खाएका कारण बालबालिको ज्यान गएको बताउँदै आएका छन् । तर डाक्टरले भने यसको पुष्टि गरेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*