बिपक्षीको बिरोधका कारण भनाई राख्न नपाएपछि प्रधामन्त्रीले बोलाए पत्रकार सम्मेलन
मकवानपुर ३ असार । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अवरोधका कारण संसदमा आफ्ना भनाई राख्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आह्वान गर्नुभएको छ । गुठी विधेयक, युरोप भ्रमण र समसामयिक राजनीतिबारे आफ्ना धारणा सार्वजनिक प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको हो । प्रधानमन्त्रीले संसदमा आफ्ना कुरा राख्ने तयारी भए पनि त्यहाँ कांग्रेसको अवरोधले राख्न नपाएपछि पत्रकार सम्मेलनमार्फत जनतामाझ आफ्ना धारणा राख्न लागिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । ति विषयमा आफ्ना धारणा राख्न प्रतिनिधिसभाको मंगलबारको बैठकमा रोष्ट्रममा पुगे पनि प्रधानमन्त्री बोल्न पाउनुभएको थिएन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताले पहिला बोल्न पाउनुपर्ने माग गरेर नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेपछि बैठक अवरुद्ध भएको थियो । संसदमा आफ्ना कुरा राख्न रोष्ट्रम पुग्नुभएको प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षि दलको विरोधका कारण आफ्ना धारणा राख्न पाउनुभएको थिएन् । पत्रकार सम्मेलन कार्यालय सिंहदरबारमा मंगलबार साँझ ५ बजे पत्रकार सम्मेलन तय गरिएको छ ।