नेपालमा भित्रियो मनसुन – गण्डकी, कर्णाली र सुदूरपश्चिममा बढी पानी पर्ने

असार ५, २०७६ । नेपालमा यस वर्षको मनसुन भित्रिएको छ । गत वर्षको तुलनामा यसपटक ११ दिन ढिलोगरी मनसुन सुरु भएको हो । पूर्वी भेगबाट मनसुन भित्रिएको भए पनि औपचारिक घोषणा भने गरिएको छैन । मनसुनी हावाको प्रभाव पूर्वी भेगदेखि देशका मध्य भेगसम्म देखिन थालेको मौसमविद्हरूको भनाइ छ । गत वर्ष जेठ २५ मै नेपालमा मनसुन सुरु भएको थियो । मेघगर्जन र हावाहुरी नभई स्थिर खालको पानी पर्न थालेपछि मनसुन सुरु भएको मानिन्छ ।गएरातिदेखि नै पूर्वी भेगदेखि काठमाडौं उपत्यकासहित मध्य भागमा यो खालको वर्षा शुरु भएको हो ।

यो वर्ष मनसुन अवधिमा प्रदेश १, २, ३ र ५ मा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा भने यो वर्ष औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ । बिहीबार सबैजसो भागको मौसम आंशिकदेखि सामान्य बदली भई पूर्वी भेगका अधिकांस स्थान र मध्य तथा पश्चिमका केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*